युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठलाई पितृशोक

पाेखरा | असोज १३, २०८०

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठलाई पितृशोक

पोखरा:    युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठलाई पितृ शोक परेको छ । तनहुँको घिरिङ गाँउपालिका ३ हटिया घर भइ हाल चितवन निवासी आनन्द प्रसाद श्रेष्ठको ८१ वर्षको उमेरमा चितवनको भरतपुर स्ेिथत बर्मेली टोल स्थित आफ्नै घरमा निधन भएको हो । बिगत केही वर्षदेखी दमको रोगबाट ग्रसित श्रेष्ठको बिहीबार निधन भएको हो ।


स्वर्गीय श्रेष्ठको दुई श्रीमति चार छोरा, चार छोरी, दश नाति र छ नातिनि रहेका छन । स्वर्गीय श्रेष्ठको चितवन स्थित देवघाटमा  दाहसंस्सकार गरिएको परिवारले जनाएको छ ।  स्वर्गीय श्रेष्ठ सामाजिक काममा सक्रिय रहेका थिए । श्रेष्ठले घिरिङ ३ मा रहेको चन्द्रज्योति माविलाई जग्गादान समेत गरेका थिएभने विद्यालयमा विद्यालय व्यवस्थापन समितिमा रही विद्यालय भभवन निर्माणमा समेत योगदान गर्दै घिरिङको बिकास निर्माणमा सक्रिय रहेका थिए ।


स्वर्गीय श्रेष्ठ को आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी युनाइटेड क्लब परिवारले समवेदना प्रकट गरेको छ । त्यसैगरी नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष सूूर्य बहादुर बानियाले वडा कमिटिका सचिव राजु श्रेष्ठको बुुवाको निधन प्रति शोक बक्तब्य जारी गरेका छन ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्